पहिरोले पुरिँदा हेटौंडाका तामाङको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १८:१९
सांकेतिक तस्वीर

लमजुङ । पहिरोले पुरिँदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालक तामाङको आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार, पहिरोमा परेर गम्भीर घाइते चालक तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ ।