समाचार

मकवानपुरमा थप ७५ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा आज थप ७५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज ३६५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज २८३ जनाको पीसीआर परीक्षण गर्दा ६१ जनामा र ८२ जनाको एन्टीजेन...

नेपालमा असोज दोस्रो हप्तादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आगामी असोज दोस्रो हप्तादेखि आउन सक्ने जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आगामी...

राजेन्द्र महतोको आरोप : निर्वाचन आयोगले जसपा फुटायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । महतोले आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको आरोप लगाएका हुन् । आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जनताबाट निर्माण हुने हो ।...

जसपा विवादमा रेशम चौधरी तटस्थ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको...

अख्तियार हेटौंडामा साउन महिनामा मात्रै ६१ वटा भ्रष्टाचारका उजुरी

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयमा चालु आर्थिक बर्ष ०७८/७९ को साउन महिनामा मात्रै ६१ वटा भ्रष्टाचारको उजुरी दर्ता भएको छ । साउन १ गतेदेखि १० गतेसम्ममा इमलेमार्फत् १०, पोष्टलमार्फत ८ र लिखित ४१ गरी कूल ६१ वटा उजुरी दर्ता भएको हो । दर्ता भएका उजुरीमध्ये अधिकांश...

ट्युनिसियाका राष्ट्रपति सैयदले गरे प्रधानमन्त्री मेचिचीलाई बर्खास्त, संसद भंग

काठमाडौं । ट्युनिसियाका प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरिएको छ । राष्ट्रपति केस सैयदले प्रधानमन्त्री मेचिचीलाई बर्खास्त गर्नुको साथै संसद समेत भंग गरेका हुन् । ट्युनिसियामा केही दिन अघिदेखि कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन भइरहेको थियो । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

जाजरकोट । जाजरकोटको लैखममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त दुर्घटनामा परी बारेकोट गाउँपालिका–८ की ५५...

मकवानपुरमा भोलिदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने

मकवानपुर । मकवानपुरमा भोलिदेखि कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन लगाइने भएको छ । जिल्लामा भोलि साउन १२ र साउन १३ गते गरी दुई दिन जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । उनका अनुसार, उक्त खोेप जिल्लाका १८ वर्षदेखि...

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ जनाएको छ । महाशाखाले आज वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।...

मल किन्न तीन दिनदेखि लाइनमा

धनुषाको जनकल्याण सहकारी संस्था सबैला नगरपालिका–११ इनर्वाका सञ्चालक मनमोहन यादवले शुक्रबार एक सय बोरा युरिया र ३० बोरा डीएपी मल किन्न जनकपुरस्थित कृषि सामग्री लिमिटेडमा नगदी रसिद कटाए । तर आइतबार अपराह्नसम्म उनको मल बोक्ने संस्थाको ट्र्याक्टर कृषि सामग्री परिसरमै थियो । जनकपुरस्थित कृषि सामग्री लिमिटेडअगाडि मल लिन लामबद्ध ट्य्राक्टर ।...