सवारी दुर्घटनामा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार ०९:५४

जाजरकोट । जाजरकोटको लैखममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परी बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा बारेकोट गाउँपालिका–८ की २५ वर्षीया समीक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री र नलगाड नगरपालिका–५ का १८ वर्षीय मिलन शाही छन्।

घाइतेको उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको जनाएको छ ।

दुर्घटनापश्चात जिप चालक बारेकोट–८ का राजु सिंह फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।