आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार ०८:५२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ जनाएको छ ।

महाशाखाले आज वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज देशभर मनसुनी वायुको प्रभाव रहेकोले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशहरूका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, प्रदेश १ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।