समाचार

विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद् सोमबारको बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो। त्यसका लागि आवश्यक प्रबन्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले रकम निकासा...

ठाकुर–महतो पक्षसँग अब तीन विकल्प

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । नेताहरूका अनुसार पार्टी कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात् निर्वाचन आयोगले बहुमत रहेका यादव पक्षलाई आधिकारिकता दिएपछि सो पक्षसँग पहिलो विकल्पका रूपमा पार्टी आधिकारिकतासम्बन्धी अदालतमा दिएको रिटसम्बन्धी...

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने सक्ने

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा...

चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौं । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म...

यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच वटा निर्णय गरेको छ । बैठकले विदेशमा जेलमुक्त भएर स्वदेश फर्किएका नेपाली नागरिकहरूका लागि लाग्ने क्वारेन्टिन खर्च सरकारले बेहोर्ने निर्णय गरेको कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै सो बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूका...

नागरिक संवाद केन्द्र हेटौँडाद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

मकवानपुर । नागरिक संवाद केन्द्र हेटौँडाले आज सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । केन्द्रले नेपालको संविधान बमोजिम समावेशीकरणका सवालहरु, विद्यमान कानूनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा केन्द्रका प्रमुख अधिवक्ता रघुनाथ खरालले समावेशीकरणको सवालमा संविधानको व्याख्या, त्यसको कार्यान्वयनको अवस्थाबारे प्रस्तुतीकरण गरेका...

जसपा विवादसम्बन्धी निर्वाचन आयोगको १९ पन्ने फैसला (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले पाएको छ । केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत भएकाले आयोगले सोमबार यादव पक्षलाई जसपाको आधिकारिकता दिएको हो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई...

महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको छ । यससंगै आयोगले महन्थ ठाकुरलाई पनि छुट्टै दल दर्ता गर्न दिने भएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको हो भने ठाकुर पक्षमा १६ जना मात्रै सदस्यले...

हेटौँडाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा–३ लेवटबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा र वन्य जन्तुको जस्तो देखिने १ थान सिङसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका–२ बस्ने ४८...

छोराको कुटाइबाट बाबुको मृत्यु

इलाम । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरायसी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति...