नागरिक संवाद केन्द्र हेटौँडाद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०७८ श्रावण ११, सोमबार १८:२४

मकवानपुर । नागरिक संवाद केन्द्र हेटौँडाले आज सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

केन्द्रले नेपालको संविधान बमोजिम समावेशीकरणका सवालहरु, विद्यमान कानूनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा केन्द्रका प्रमुख अधिवक्ता रघुनाथ खरालले समावेशीकरणको सवालमा संविधानको व्याख्या, त्यसको कार्यान्वयनको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा अधिवक्ताहरु मदनकुमार दाहाल, कृष्णप्रसाद छतकुली, राधाकृष्ण मैनाली, कृष्णप्रसाद न्यौपाने, अधिकारकर्मी हेमन्त ढुंगेल, भीम विराग प्रतिष्ठान नेपालका अध्यक्ष हयग्रीव आचार्य , लेखापढी व्यवसायी सन्तोषी वर्तौला लगायतकाको सहभागिता रहेको थियो ।