महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने आयोगको निर्णय

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार १८:११

काठमाडौं । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको छ । यससंगै आयोगले महन्थ ठाकुरलाई पनि छुट्टै दल दर्ता गर्न दिने भएको छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको हो भने ठाकुर पक्षमा १६ जना मात्रै सदस्यले हस्ताक्षर गरेका थिए ।

आयोगले ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय गरेको भएपनि ठाकुर पक्षले आगामी रणनीति सार्वजनिक गरिसकेको  छैन ।

उक्त पक्षले छुट्टै पार्टी दर्ता गर्ने वा नगर्ने भन्ने सन्दर्भमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

जसपाको आधिकारिकता पाएको यादव पक्षलाई भने प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुन थप सहज हुने देखिएको छ ।