समाचार
स्वार्थको कालो बादलमा घेरिएको मधेस ‘मुद्दा’
पहिलो मधेस आन्दोलन २०६३ ले अन्तरिम संविधानमा पहिलो पटक मधेसीको पहिचान संस्थागत गर्यो। कारण थियो–मधेस आन्दोलनका शक्तिहरूको ओज संगठित प्रतिनिधित्व। त्यसपछि जसरी मधेस आन्दोलनका शक्तिहरू विभाजित हुँदै गए मधेस मुद्दा कालो बादलभित्र घेरिँदै गयो। मधेसको राजनीतिमा दलहरूको गठन–विघटन, धुव्रीकरणको खेल नयाँ होइन । निकट अतीतको खोजतलास गर्ने हो भने, यस्तो...
एनआरएन कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको मृत्यु
दक्षिण कोरिया । दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए । बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उनलाई आइतबार बिहान अस्पतालले...
जसपा विवाद : निर्वाचन आयोगले आज नेताको ‘हेड काउन्ट’ गर्दै
निर्वाचन आयोग पुगेर छुट्टिने सहमति गरेका जनता सामाजवादी पार्टी ९जसपा० का दुई पक्षका नेताको सोमबार ‘हेड काउन्ट’ हुँदैछ। जसपाको आन्तरिक विवाद टुंग्याउन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत लिन लागेको हो। यसका लागि आयोगले दुवै पक्षका नेतालाई सोमबार नागरिकतासहित सशरीर आयोगमा बोलाएको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव...
निर्मला हत्या प्रकरण: तीन वर्षसम्म टुंगिएन अनुसन्धान, यथेष्ट प्रमाणकै खोजीमा प्रहरी
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको तीन वर्ष पूरा भएको छ। तीन वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन। तीन वर्ष बितिसक्दासमेत प्रहरी यथेष्ट प्रमाणकै खोजीमै छ। अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
हेटौँडाका लामा प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने ३५ वर्षीय सुरज लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । मकवानपुर जिल्ला अदालत हेटौँडाको मिति २०७७ पुष २३ गतेको फैसलाले लागुऔषध मुद्दामा...
अधिकारीको उपचारमा कांग्रेसको सहयोग
मकवानपुर । ‘नेपाली कांग्रेस दुःखको साथी’ अभियान अन्तरगत नेपाली कांग्रेस थाहा नगले वडा नम्वर–४ को शारदा अधिकारीको उपचारमा थप सहयोग जुटाएको छ । अधिकारीको स्पाइनल इञ्जुरी हस्पिटलमा उपचार जारी रहेकोमा आइतबार ३९ हजार रुपैयाँ थप सहयोग पठाइएको नेपाली कांग्रेसका श्रीकृष्ण केसीले जानकारी दिए । यसअघि अधिकारीको उपचारका लागि ७४...
इजरायलबाट एक हजार कामदारको माग
काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक/डेढ...
वायुसेवा निगमलाई तत्काल निजीकरण गर्न नपाइने
काठमाडौं । सरकारले तत्काल वायुसेवा निगमलाई निजीकरण गर्न नपाउने भएको छ । अधिवक्ता आतिस कार्कीले दायर गरेको रीट निवेदनमा आइतवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलाशले निजीकरणको कामलाई यथावस्थामा राख्न अन्तरिम आदेश जारी गरेको हो । ‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेश सम्बन्धमा निर्णय हुनुअघि नेपाल वायुसेवा...
अभिव्यक्त सच्याउँदै ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन्। ओलीले गत बिहीबार केन्द्रीय कमिटी बैठकमा बाटो बिराएकालाई आममाफी दिने बताएपछि नेपालले त्यसको चर्को आलोचना...
को हुन् नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई...










