समाचार
काठमाडौ उपत्यकामा १० दिन लम्बियो निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । उक्त अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय,...
मकवानपुरमा आज थप ५७ जनामा कोरोना पुष्टि, ३० जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आइतबार ५७ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज जिल्लामा १९९ जना पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, जिल्लामा आज ७४ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा र १२५ जनाको पीसीआर...
जसपा अध्यक्ष ठाकुरको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल एजलासले उक्त मुद्धामा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई साउन १५ गते छलफलको लागि बोलाएको छ । त्यस्तै सोही इजलासले निर्वाचन...
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए सपथ
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनलाई पद र गोपनियताको सपथ गराएका हुन् । यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो । शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो...
फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–६ बस्ने सोम प्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।...
थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३७ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५६९ पीसीआर र ३ हजार २ सय ६५ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर...
यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १९ करोड १० लाख ६८ हजार ३१८ दशमलव १५ रुपैयाँको कारोबार भएको छ । आज साताको पहिलो दिन आइतबार सर्वाधिक कारोबार गर्ने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । कम्पनीको आज...
नेप्से ५४ अंकले बढ्दा १४ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन नेप्से ५४ अंकले बृद्धि भएको छ । नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बृद्धि भई ३०५८ दशमलव ६४ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १९ करोड १० लाख...
१० दिनदेखि बेपत्ता भएकी युवती मृत अवस्थामा फेला
काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सम्झना रोकाको शव सडेको अवस्थामा फेला परेको हो । उनको के–कति कारणले मृत्यु भएको हो भन्नेबारे पोष्टमार्टम रिपोर्ट र्आएपछि...
मकवानपुरमा १६ प्रतिशतले वृद्धि भयो राजस्व संकलन
मकवानपुर । मकवानपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजस्व कार्यालय मकवानपुरका अनुसार, जिल्लाको विभिन्न स्थानीय तहहरुमा संचालनमा रहेको वस्तुहरु उत्पादन गर्ने उद्योग तथा कलकारखानाहरूमा अनुगमन गरी राजस्व संकलनमा तीव्रता दिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा १६...









