१० दिनदेखि बेपत्ता भएकी युवती मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७८ श्रावण १०,आईतवार १७:०३
File Photo

काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् ।

जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सम्झना रोकाको शव सडेको अवस्थामा फेला परेको हो ।

उनको के–कति कारणले मृत्यु भएको हो भन्नेबारे पोष्टमार्टम रिपोर्ट र्आएपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।