नेप्से ५४ अंकले बढ्दा १४ अर्ब माथिको कारोबार

तु खबर संवाददाता
२०७८ श्रावण १०,आईतवार १७:१६

काठमाडौं । आज साताको पहिलो दिन नेप्से ५४ अंकले बृद्धि भएको छ ।

नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बृद्धि भई ३०५८ दशमलव ६४ विन्दुमा कायम भएको छ ।

आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १९ करोड १० लाख ६८ हजार ३१८ दशमलव १५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज २ समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक लघुवित्त समूहमा ८६.२३ अंकले बृद्धि भएको हो ।