थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण १०,आईतवार १७:४७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३७ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ५६९ पीसीआर र ३ हजार २ सय ६५ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कूल संख्या ६ लाख ८० हजार ५ सय ५६ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ।

उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९ हजार ७ सय १३ पुगेको मन्त्रालयले जनाएको छ ।