समाचार
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन...
बागमती प्रदेशमा १८ वर्षमाथिका सबैलाई कोभिड खोप लगाउने तयारी
मकवानपुर । बागमती प्रदेशमा चालू आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष भन्दा माथि उमेर समूहका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले प्रदेशका १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने बताएका हुन् । मन्त्री...
मकवानपुरमा कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म १ सय ३९ जनाको मृतयु भएको छ । जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १३९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृतकमध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ हालसम्म कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको...
एक अर्ब ४० करोड बराबरको हेटौँडा सिमेन्ट बिक्री
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट...
देशको धेरै जनसंख्या मेरो साथमा छ : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता...
माओवादी केन्द्र हेटौँडाद्वारा तीन नेतालाई कारबाहीको सिफारिस
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिले पार्टीका तीन जना नेतालाई कारबाहीको सिफारिस गरेको छ । माओवादी हेटौँडाका पार्टी कमिटीको शनिबार हेटौँडामा बसेको बैठकले नगर कमिटी सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका–१४ का वडाधयक्ष दिपक खड्का, नगर कमिटी सदस्य शालिकराम ढकाल र उत्सव चौँलागाईलाई कारबाहीको लागि जिल्ला पार्टी कमिटिमा सिफारिस...
आरआर वाइसीले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलाको राप्ती रिभर युवा क्लव (आरआर वाइसी) ले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ १ गतेबाट सी डिभिजन छनौट खेल सञ्चालन गर्दैछ । क्लबलाई ए डिभिजन लिगसम्म खेलाउने उद्देश्यले सी डिभिजन छनौटमा सहभागी...
कोरोनाका कारण रोकिएको त्रिविको परीक्षा आजबाट सुरु
काठमाडौं । कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि सुरु भएको छ । महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजबाट सुरु भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा सुरु भएको छ ।...
गृह मन्त्रालयको प्रवक्तामा पोखरेल
काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सह–सचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय गरिएको छ । शुक्रवार मन्त्रालयले त्यसबारे निर्णय गरेको हो । गृहका एक उच्च अधिकारीका अनुसार, कारागार ब्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो । सह–सचिव पोखरेलले तराईका ५ र पहाडी...
आजको मौसमः भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १ र गण्डकी प्रदेशमा भने भारी बर्षाको संभावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न...










