आरआर वाइसीले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलाको राप्ती रिभर युवा क्लव (आरआर वाइसी) ले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ १ गतेबाट सी डिभिजन छनौट खेल सञ्चालन गर्दैछ ।
क्लबलाई ए डिभिजन लिगसम्म खेलाउने उद्देश्यले सी डिभिजन छनौटमा सहभागी हुन लागेको आरआर वाइसीका अध्यक्ष रेशम जम्कट्टेलले जानकारी दिए ।
सी डिभिजन छनौट खेलमा सहभागी हुन जान लागेको क्लबले खेलाडीलाई आवश्यक प्रशिक्षण गराइरहेको छ ।
क्लबलाई सी डिभिजन छनौट खेल्नको लागि ओरन्टो मल्टिट्रेड प्रा.लि कम्पनीका बोर्ड अफ डाइरेक्टर ईन्दिरा शाहले एक लाख ३५ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
