गृह मन्त्रालयको प्रवक्तामा पोखरेल

तु खबर संवाददाता
२०७८ श्रावण १०, आईतवार ०८:५९

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सह–सचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय गरिएको छ । शुक्रवार मन्त्रालयले त्यसबारे निर्णय गरेको हो ।

गृहका एक उच्च अधिकारीका अनुसार, कारागार ब्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

सह–सचिव पोखरेलले तराईका ५ र पहाडी क्षेत्रका दुईवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।

उनले गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको रुपमा कार्यभार समालेका थिए ।