मकवानपुरमा कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण १०, आईतवार १५:४६
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म १ सय ३९ जनाको मृतयु भएको छ ।

जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १३९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकमध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ हालसम्म कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, संक्रमणबाट मनहरी गाउँपालिकाका १० जना, थाहा नगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकाका ५÷५ जना, बागमती गाउँपालिका र बकैया गाउँपालिकाका ४÷४ जना, राक्सिराङ गाउँपालिकाका २ जना र कैलाश गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

मकवानपुरमा हालसम्म करिव साढे १४ हजार जनाले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका छन् ।

गत माघदेखि सुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रममा १४ हजार ३ सय ६३ जनाले दुबै मात्राको खोप लगाएका हुन् । जिल्लामा कोरोना विरुद्धको कोभिसिल्ड खोपको दुवै मात्रा लगाउनेको संख्या ८ हजार ३७५ जना रहेका छन् ५ हजार ९८८ जनाले भेरोसेल खोप लगाएका छन् ।