समाचार

लालपुर्जा हातमा, जग्गा खोलामा

सिरहा । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा...

खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने...

मकवानपुरमा थप ७० जना कोरोना पुष्टि, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा आज थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ४ सय ३४ जनाको कोरोना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौडा उपमहानगरपालिकाका ५९ जना, थाहा नगरपालिका र मनहरी गाउँपालिकाका ३÷३ जना,...

श्रोत नखुलेको नगद ४० लाखसहित पक्राउ

झापा । झापा गाउँपालिका–२ बेलाईतीबारीबाट श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४६ वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले शनिबार पक्रउ गरेको हो...

कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र रहेको बताएका छन् । अध्यक्ष थापाले आज काठमाडौँको क्षेत्र नं. ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै सो कुरा...

पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ३५ पीसीआर र ४ हजार २ सय ८५ जनाको एन्टीजेन परीक्षणका गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

एमाले फुटाउन अध्यादेश ल्याए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए । ‘पहिले एमाले बलियो बनाउन...

एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा

काठमाडौं । नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ । एमाले महासचिव ईश्वर पोखरेलले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सने संगठनको भ्याली कमाण्ड घोषणा भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।...

मलेसियाबाट एकै पटक ल्याइयो २४ नेपालीको शव

काठमाडौं । मलेसियाबाट आज एकै पटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा...

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

काठमाडौं । नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पुँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ ।...