पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ६ सय ३५ पीसीआर र ४ हजार २ सय ८५ जनाको एन्टीजेन परीक्षणका गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म कोरोना संक्रमितको कूल संख्या ६ लाख ७९ हजार १७ पुगेको छ । तीमध्ये हालसम्म ६ लाख ४१ हजार ५ सय ६५ जना कोरोना संक्रमणमुक्र भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनामुक्र भएका छन् ।
उक्त अवधिमा देशभरका १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको छ ।