मकवानपुरमा थप ७० जना कोरोना पुष्टि, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ४ सय ३४ जनाको कोरोना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौडा उपमहानगरपालिकाका ५९ जना, थाहा नगरपालिका र मनहरी गाउँपालिकाका ३÷३ जना, बकैया गाउँपालिकाका २ जना, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका १÷१ जना रहेको छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १२ हजार ४ सय ४९ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट हेटौंडा उपमहानगरपालिका –११ का ९० वर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ३९ पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ३९ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन बसेका ३५ जना र संस्थागत आइसोलेशनमा बसेका ४ जना संक्रमणमुक्त भएका हुन् । यससंगै जिल्लामा कोरोना जित्नेको संख्या ११ हजार ७ सय ४४ पुगेको छ ।
