एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा

तु खबर संवाददाता
२०७८ श्रावण ९, शनिबार १६:३१

काठमाडौं । नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सने संगठनको भ्याली कमाण्ड घोषणा भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।

भ्याली कमाण्ड घोषणा हुनुअघि युथ फोर्सले नेता महेश बस्नेतको नेतृत्वमा उपत्यकाका विभिन्न स्थानबाट जुलुसहित प्रदर्शन गरेका थिए ।