समाचार

पुँजी बजार हालसम्मकै उच्च

काठमाडौं । साताको पहिलो दिन सेयर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ । रेकर्ड ब्रेकको बाटोमा रहेको सेयर बजार आइतबार ३०५८ को बिन्दुमा पुगेको हो । आइतबार भएको नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ । आइतबार नेप्से परिसूचक ५४.३१ अङ्कले उकालो लागेर ३०५८.६३ को बिन्दुमा पुगेको...

एमाले विवाद संसदीय समितिमा छताछुल्ल

काठमाडौं । नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो ।...

खतराको सूचीबाट हट्दै उपत्यकाको सांस्कृतिक सम्पदा

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो । भूकम्पले ध्वस्त पारेको सम्पदाको पुनर्निर्माणमा प्रगति गर्न नसकेको जनाउँदै युनेस्कोले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीमा राखेको हो...

जो पनि डाक्टर !

काठमाडौं । चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ। बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ। मेडिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए। उनी भनिरहेका थिए– ‘छाती हल्का खराब छ, यो...

योजना आयोग पदाधिकारीविहीन

काठमाडौं । राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाइ गरेको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई अपदस्थ गरेको थियो । नयाँ सरकार गठन भएसँगै तत्कालीन उपाध्यक्ष डा. पुष्पराज कँडेलसहित अन्य सदस्यहरू पदमुक्त भएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १२ दिन पुगिसकेको...

नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिकांश सहभागीले अहिलेको अवस्थामा पार्टी एकता नै उपयुक्त बाटो भएको तर...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६० जना सचिवको फेरबदल गर्ने गृहकार्य अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । सरकार परिवर्तनसँगै स्थायी सरकार हाँक्ने...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा...

अपहरणमा परेका श्रेष्ठको उद्धार, ३ जना पक्राउ

इटहरी प्रहरीले अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। अपहरणमा परेका एक जनाको उद्धार गरेको छ। शुक्रबार बिहान प्रहरीले इटहरी ७ का २५ वर्षीय संगित थापा, १९ वर्षका अनिष कार्की र इटहरी ८ का २३ वर्षीय सिद्धार्थ राईलाई पक्राउ गरेको हो। उनीहरुले इटहरी ४ का २२ वर्षीय निर्मल...

राष्ट्रिय परीक्षा बोर्डले भोलिदेखि एसईईको मुल्याङ्कन रुजु गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसईईको मुल्याङ्कन रुजु गर्ने भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएसँगै बोर्डले मुल्याङ्कन रुजु गर्ने जनाएको हो । बाँकी दुई जिल्लाको मूल्यांकन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम शुरु...