मकवानपुरमा आज थप ५७ जनामा कोरोना पुष्टि, ३० जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आइतबार ५७ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा १९९ जना पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, जिल्लामा आज ७४ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा र १२५ जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा आज ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ३० जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यससँगै जिल्लामा हालसम्म कोरोनामुक्त हुनेको संख्या ११ हजार ७ सय ७४ जना पुगेको छ ।
आज जिल्लामा कोरोना संक्रमणबाट कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
