अधिकारीको उपचारमा कांग्रेसको सहयोग

तु खबर संवाददाता
२०७८ श्रावण ११, सोमबार ०८:१४

मकवानपुर । ‘नेपाली कांग्रेस दुःखको साथी’ अभियान अन्तरगत नेपाली कांग्रेस थाहा नगले वडा नम्वर–४ को शारदा अधिकारीको उपचारमा थप सहयोग जुटाएको छ । अधिकारीको स्पाइनल इञ्जुरी हस्पिटलमा उपचार जारी रहेकोमा आइतबार ३९ हजार रुपैयाँ थप सहयोग पठाइएको नेपाली कांग्रेसका श्रीकृष्ण केसीले जानकारी
दिए ।

यसअघि अधिकारीको उपचारका लागि ७४ हजार ४ सय १५ रुपैंया जुटाएर पठाइसकेको छ ।

अधिकारी घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी थिइन् ।