हेटौँडाका लामा प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने ३५ वर्षीय सुरज लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर जिल्ला अदालत हेटौँडाको मिति २०७७ पुष २३ गतेको फैसलाले लागुऔषध मुद्दामा ६ महिना कैद र रु २५ हजार जरीवाना तोकीएका फरार लामालाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० बाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएकोमा उक्त कैद तथा जरीवाना भुक्तानको लागि कारागार कार्यालय भीमफेदी पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
