समाचार
आज पनि भएन मन्त्रिपरिषद् विस्तार
काठमडाौं । आज (बिहिबार) पनि मन्त्रिपरिषद् हुन सकेन । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागबण्डाको विषयमा विवाद भएपछि आज पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतको भनाई छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय भागबण्डा लगाएको थियो ।...
देशभर थपिए ८०५ कोरोना संक्रमित, भए ९४२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कुल संक्रमितको संख्या ८ लाख २८२ पुगेको छ । तीमध्ये हालसम्म ७...
सवारी दुर्घटनामा दुईको मृत्यु, हेटौंडाका गिरी पक्राउ
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा गएराति सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ६७४७ नम्वरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको सनसरी प्रहरीले जनाएको छ ।...
पर्साबाट पक्राउ परे हेटौंडाका गुरुङ
वीरगञ्ज । मकवानपुरको हेटौंडा बस्ने राकेश गुरुङ पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने गुरुङ पर्साको वीरगंजबाट पक्राउ परेका हुन् । उनलाई पर्सा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले गुरुङसँगै काठमाडौंको तारकेश्वर नगरपालिका–८ मनमैँजुका रवीन्द्र खत्रीलाई पनि पक्राउ गरेको छ । प्रहरीले लागूऔषध डाइजेपाम १००...
एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा नेपाललाई
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको एक नेताले जानकारी दिए । सत्तारुढ दलहरुबीच एकीकृत समावादीले ४ मन्त्री र...
हेटौंडामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ मा ब्याडमिन्टन प्रतियोगिता आज (बिहिबार) सम्पन्न भएको छ । वडास्तरीय युवा क्लब हेटौंडा–५ ले नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा आयोजना गरेको उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो । जसमा...
सन् राइज बैंकद्वारा बाल मन्दिरलाई सहयोग
काठमाडौं । सन् राइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल सङ्गठन, बाल मन्दिर नक्साललाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले एक लाख पचास हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । दशैंमा बालबालिकालाई लत्ताकपडा खरिद गर्नका लागि सो रकम हस्तान्तरण गरिएको बैंकले...
मकवानपुरमा थप २८ जना कोरोनामुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका २८ जना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, पछिल्लो २४ घण्टामा होम आइसोलेशनमा रहेका २४ जना...
बडादशैंको अवसरमा हेटौंडा रन, डेबिट मिजार प्रथम
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज (बिहिबार) हेटौंडा रन (दौड) प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । हेटौंडाको बुद्धचोकबाट क्याम्पाडाँडासम्म भएको ६ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ हेटौंडा–१४ को डेबिट मिजार...
मकवानपुरको भोर्लेनी खोलामा युवतीको शव फेला
मकवानपुर । मकवानपुरको बागमतीमा एक युवतीको शव फेला परेको छ । आज (बिहिबार) बिहान बागमती गाउँपालिका वडा नम्वर ५ स्थिति भोर्लेनी खोलामा एक युवतीको शव फेला परेको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उक्त शव स्थानीय अन्दाजी २२ वर्षीया भगवती भोलनको रहेको प्रहरी...










