मकवानपुरमा थप २८ जना कोरोनामुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका २८ जना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, पछिल्लो २४ घण्टामा होम आइसोलेशनमा रहेका २४ जना र संस्थागत आइसोलेशनमा रहेका ४ जना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ २० जना संक्रमणमुक्त भएका छन् । यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका ५ जना, मनहरी गाउँपालिकाका एक जना र बकैया गाउँपालिकाका २ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको पीसीआर परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा थाहान नगरपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार २ सय ७४ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ९ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६५ जना पुगेको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृतयु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
