सन् राइज बैंकद्वारा बाल मन्दिरलाई सहयोग

तु खबर संवाददाता
२०७८ आश्विन २१, बिहीबार १५:३६

काठमाडौं । सन् राइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल सङ्गठन, बाल मन्दिर नक्साललाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले एक लाख पचास हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । दशैंमा बालबालिकालाई लत्ताकपडा खरिद गर्नका लागि सो रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

वालवालिकाको हेरचार, पिछडिएका र द्वन्द्व प्रभावित बालबालिकाको शिक्षामा केन्द्रीत सो संस्थालाई आउँदा दिनहरुमा पनि बैंकले विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै जाने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । शर्माले सो रकम संस्थाकी अध्यक्ष बिद्या उपाध्याय न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । अघिल्ला वर्षहरुमा भने बैंकले वालवालिकाका लागि लत्ताकपडा र खाद्य सामग्री उपलब्ध गराएको थियो । यसअघि पनि सन् राइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।