भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३६६ पुग्यो
काठमाडौं । नेपाल प्रहरीका अनुसार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६६ पुगेको छ।
ज्यान गुमाउनेमा ५३३ जना पुरुष, ३३१ जना महिला रहेका छन् भने ५०२ जनाको आंशिक अंग फेला परेको हो। जसमध्ये १०२ वटा शव सम्बन्धित आफन्तलाई हस्तान्तरण भएको छ।
त्यसैगरी शव हस्तान्तरणका लागि १ हजार २८६ वटा शवको डिएनए संकलन भएको छ भने १ हजार ४१२ मृतकका आफन्तको पनि डीएनए संकलन भएको छ। डीएनए जाँचपश्चात् सम्बन्धित शव परिवारलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ।
