मध्य भोटेकोशी जलविद्युतको आइपीओ आजबाट खुल्ला

तु खबर संवाददाता
२०७८ आश्विन २०,बुधबार १०:१०
file-photo

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओ आज (बुधबार) बाट बिक्री सुरु भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आज १० बजेबाट उक्त कम्पनीको सेयरमा आवेदन दिन सकिने छ । यसको आवेदन दिने अन्तिम समय असोज २५ गतेसम्म रहेको छ । लगानीकर्ताले यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।