हेटौंडामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

तु खबर संवाददाता
२०७८ आश्विन २१,बिहीबार १६:०४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ मा ब्याडमिन्टन प्रतियोगिता आज (बिहिबार) सम्पन्न भएको छ । वडास्तरीय युवा क्लब हेटौंडा–५ ले नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा आयोजना गरेको उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो । जसमा दिब्य दुलाल र सागर न्यौपनेको टिम प्रथम भएको छ । उनीहरुले १० हजार रुपैयाँसंगै ट्रफि, मेडल प्रमाणप्रत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगितामा विजय सिं ठकुरी र नरेन्द्र मोक्तान द्धितिय भएका छन् । उनीहरुले ५ हजार रुपैयाँसहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी, प्रतियोगितामा राजकुमार राई र खेम राई, गौमत मानम्धर र सुनिल राउतको टिम तृतीय भएको छ । उनीहरुले रु २ हजारसहित ट्रफि, मेडलसहित प्रमाणप्रत्र प्राप्त गरेका छन् । कार्यक्रम हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता तथा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बाँनियाको विशेष आतिथ्यता भएको हो ।