समाचार

एकीकृत समाजवादीको बैठक आज बस्दै

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (बिहिबार) बस्दैछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने...

बागमती प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशसभाले यही असोज २४ गते नवौं अधिवेशन बोलाइएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते प्रदेशसभाको नवौं अधिवेशन बोलाउने निर्णय गरेको हो । सोही प्रदेश अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रस्ताव पेश गर्न लागिएको सरकारका प्रवक्ता केशव राज पाण्डेले जानकारी दिए ।...

बागमती प्रदेश सरकारले बढायो सार्वजनिक यातायातको भाडा

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो । संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको...

पाकिस्तानमा बिहानै भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प जाँदा उनीहरुको मृत्यु भएको हो । यो भूकम्पबाट क्षति ठूलो भएको अनुमान गरिए पनि यकिन हुन सकेको छैन ।...

आजबाट सुरु भयो दशैं, यस्तो देखियो हेटौंडाको भुटनदेवी मन्दिरमा (फोटोफिचर)

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं आज (बिहिबार) बाट सुरु भएको छ । आज दशैंको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी...

मनहरी फुटबल : लामाबस्ती र युवा जागृती क्लब फाइनलमा प्रवेश

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ मा जारी फुटबल प्रतियोगिताको आज (बुधबार) दुई वटा खेल भएको छ । आज भएको पहिलो खेलमा लामाबस्ती युवा क्लब विजयी भएका छन् । जनजागरण युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै लामाबस्ती क्लब फाइनलमा प्रवेश गरेको छ । यस्तै, आजै भएको...

२४ घण्टामा थप १०४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४६५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार ११ हजार १६५ जनाको पीसीआर परीक्षण गर्दा...

हेटौंडामा सार्वजनिक यातायात केन्द्रिय महासंघको धर्ना

मकवानपुर । सार्वजनिक यातायात व्यवसायीहरुले बागमती प्रदेशको राजधानी हेटौंडामा भाडा समायोजनको माग गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरमा धर्ना दिएका छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघले भाडादर समायोजन तथा यातायातको समग्र समस्या समाधान गराउन उच्च स्तरीय आयोग/प्राधिकरण तत्काल गठन गर्न माग गर्दै भौतिक मन्त्रालयमा धर्ना बसेको हो । महासंघका...

स्थापना दिवसको अवसरमा मामाघर नेपाललाई सहयोग

मकवानपुर । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केनसान) मकवानपुरले मामाघर नेपाललाई अािर्थक रकम सहयोग गरेको छ । केनसान मकवानपुरले आफ्नो १७ औं स्थापना दिवस तथा दशैंको अवसरमा हेटौंडा –११, डाङडुङेस्थित मामाघर नेपाललाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो । बुधबार रसायन तथा मेडिकल आपूर्ति संघ मकवानपुरका अध्यक्ष...

जिसस मकवानपुरको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) कार्यालय मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रम बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले सबै जनतालाई सभ्य र भब्य तरिकाले...