एकीकृत समाजवादीको बैठक आज बस्दै
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (बिहिबार) बस्दैछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनको लागि मन्त्री छान्न आज स्थायी कमिटीको बैठक बस्न लागेको हो । गत मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार गर्न विभिन्न मन्त्रालयको भागबण्डा लगाएको थियो । सो बैठकले कांग्रसलाई प्रधानमन्त्रीसहित ८ वटा, माओवादी केन्द्रलाई ६ वटा, नेकपा एकीकृत समाजवादी र जसपालाई ४–४ वटा मन्त्रालयको भाग लगाएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी समाजवादीमा प्रवेश भएका छन् । जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जनाएको छ ।
