२४ घण्टामा थप १०४३ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ आश्विन २०, बुधबार १८:०६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४६५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार ११ हजार १६५ जनाको पीसीआर परीक्षण गर्दा ८९१ र ४ हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, आज देशभर ८९१ संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ । देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १४ हजार ९७५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २१९ संक्रमित छन् भने ३३८ जना आइसियुमा र ११५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४७६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ हजार ११२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।