समाचार

कांग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएको लामो अवधिसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला अब भने मन्त्रिपरिषद्ले पूर्णता पाउने संभावना बढेर गएको छ । मंगलबार सत्ता गठबन्धनको बैठकमा दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाइएपछि मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने आधार तय भएको हो । मंगलबार प्रधानमन्त्रीको...

सरकारद्वारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिस अनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार...

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएको छ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । प्रदेश...

माओवादी मकवानपुरगढी–८ को अध्यक्षमा गोले

मकवानपुर । नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ को अध्यक्षमा गोलबहादुर गोले चयन भएका छन् । सोमबार भएको कमिटीको भेलाले गोलेलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी, कमिटीको सचिवमा राजकुमार दोङ, सह–सचिवमा बुद्धकृष्ण पाख्रिन, कोषाध्यक्षमा चन्द्रमाया भोम्जन चयन भएका छन् । यस्तै, सदस्यहरुमा जगतलाल गोले, जसविर रुम्बा,...

आजीवन सदस्यलाई निःशुल्क रगत

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजीवन सदस्यहरुलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । हेटौंडा उपशाखाले मंगलबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरसंग त्यसबारेमा सम्झौता गरेको छ । हेटौंडा उपशाखाले आफनो आजीवन सदस्यहरुको लागि बिरामी परेर रगत नै चाहिएको अवस्थामा स्वास्थ्य...

कांग्रेस हेटौंडाले संगठन सुदृढीकरण अभियान संचालन गर्ने

मकवानपुर । नेपाली कांग्रेसको हेटौंडा उपमहानगर समितिले संगठन सुदुढीकरण अभियान संचालन गर्ने भएको छ । मंगलबार बसेको नगर समिति बैठकले आगामी पुस मसान्तभित्र उपमहानगरको १९ वटै वडामा भातृ संगठन गठन तथा पुर्नगठन गरिसक्ने निर्णय गरेको छ । कांग्रेस हेटौंडाले तरुण, महिला, किसान, जनजाति, दलित संघसहित विभिन्न भ्रातृ संगठनलाई गठन...

नेविसंघ मकवानपुर–सर्लाही सम्पर्क समिति गठन

मकवानपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरको संयोजनमा हेटौंडामा नेविसंघ मकवानपुर–सर्लाही सम्पर्क समिति गठन भएको छ । सर्लाहीबाट मकवानपुरमा आई अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थितिमा मंगलबार सम्पर्क समिति गठन गरिएको हो । नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको भेलाले सोनुकुमार जैशवालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन...

मनहरी फुटबलः आज दुई खेल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ मा जारी फुटबल प्रतियोगिताको आज (बुधबार) दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेलमा लामा बस्ती र जनजागरण युवा क्लबबीच प्रतिस्प्रर्धा हुने भएको छ भने दोस्रो खेलमा युवा जगृती र जनसिद्ध युवा क्लाबबीच प्रतिस्प्रर्धा हुने आयोजक समितिका सल्लाहकार बिशाल घलानले...

गोरेलाई जन्मकैदको सजाय, पूर्वडिआइजी निरौलासहित ४८ जनाले पाए सफाइ

काठमाडौँ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरे भनिने चुडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय हुने भएको छ । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । सो प्रकरणमा भरिया सनम शाक्यको हत्यामा...

न्यादी हाइड्रोपावरको आईपीओमा साढे २३ लाखको आवेदन

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा साढे २३ लाखभन्दा बढीले आवेदन दिएका दिएका छन् । गत असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा मंगलबार साँझसम्म २३ लाख ५७ हजार १६६ जनाले आवेदन दर्ता गराएका हुन् । आईपीओमा २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो...