समाचार

अदालत घटस्थापनादेखि पूर्णिमासम्म बन्द हुने

काठमाडौं । देशैभरका अदालतहरु घटस्थापनाको दिन अर्था असोज २१ गतेदेखि कात्तिक ३ गतेसम्म विदा हुने भएको छ । सर्वोच्च अदालय लगायत देशभरका अदालतहरु घटस्थापनादेखि विदा हुने भएको हो । मंगलबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले सो निर्णय लिएको हो । त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट...

हेटौंडाका ३ वटा फेन्सी पसललाई जरीवाना

मकवानपुर । हेटौंडाका तीन वटा पसललाई जरीवाना गरिएको छ । आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा आन्तरिक राजस्व कार्यालय हेटौंडाको अनुगमन टोलीले हेटौंडाको स्कुलरोडस्थितको तीन वटा फेन्सी पसललाई जरीवाना गरेको राजस्व कार्यालयका कर अधिकृत सुमन बुढाथोकीले जानकारी दिए । उनका अनुसार, आज दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुर, आन्तरिक...

मकवानपुरमा आज १८ जना संक्रमणमुक्त भए

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ४६ जनाको पीसीआर र ५ जनाको एन्टीजेन...

मकवानपुरमा सवारी दुर्घटना

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा आज (मंगलबार) दिउँसो सवारी दुर्घटना भएको छ । दिउँसो इन््रदसरोवर गाउँपालिका वडा नम्वर ४ राकश खोलामा स्कारपिओ गाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२२ च ३४९२ नम्वरको स्कारपिओ आफै अनियन्त्रित भई दुर्घटना हुँदा...

४२ अंकले बढ्यो नेप्से, झण्डै ३ अर्बको कारोबार

काठमाडौं । आज (मंगलबार) साताको तेस्रो दिन नेप्से परिसूचक ४२ अंकले बढेको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंक कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव...

८ मिनेटमै सकियो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठक ८ मिनेटमा नै सकिएको छ । दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटले सदनको कारबाही सुरु भएको जानकारी गराउने बित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।सभामुख सापकोटाले पटक–पटक सभाको बैठक सुरुचारु गर्न दिन आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी गर्न छाडेनन्...

बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल

काठमाडौं । विभिन्न मन्त्रालयको भागबण्डाको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष...

हेटौंडा–१० मा ‘हेल्प डेस्क’ को स्थापना

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित नागरिक यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सामुदायिक प्रहरी सेवा उप-केन्द्र हेटौंडा–१० बसपार्क, साना हात र सचेत नागरिक युवा समूहको सहकार्यमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी हेल्प डेस्क स्थापना...

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी बैठक बोलाएको छ । बैठक असोज २१ गते बिहिबार ११ बजे बस्ने गरी बोलाएको महासचिव डा. बेद्राम भुसालले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने कार्यसूचरी रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल...

गाई काटेको आरोपमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न आदेश

मकवानपुर । मकवानपुर जिल्ला अदालत हेटौंडाले गाई काटेको आरोपमा पक्राउ परेका ९ जनालाई धरौटिमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश कमलराज विष्टको इजालशले गाई काटेको आरोपमा पक्राउ परेको मकवानपुरका ९ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले पक्राउ परेका १० जनामध्ये एक जना बालकलाई अभिभावकको...