बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल

तु खबर संवाददाता
२०७८ आश्विन १९,मंगलवार १४:३६
file-photo

काठमाडौं । विभिन्न मन्त्रालयको भागबण्डाको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको सहभागिता थिए । चार जना शीर्ष नेताहरु ११ बजेदेखि झण्डै १ घण्टा छलफलमा बसेको र उक्त छलफलमा मन्त्रिमण्डल विस्तारकै बारेमा कुराकानी भएको बुझिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन ढिलाई भएको जनाइएको छ । देउवा यससँगै प्रधानमन्त्री पदमा पाँचौ पटक नियुक्त भएका हुन् ।