अदालत घटस्थापनादेखि पूर्णिमासम्म बन्द हुने

तु खबर संवाददाता
२०७८ आश्विन १९,मंगलवार १७:३८

काठमाडौं । देशैभरका अदालतहरु घटस्थापनाको दिन अर्था असोज २१ गतेदेखि कात्तिक ३ गतेसम्म विदा हुने भएको छ । सर्वोच्च अदालय लगायत देशभरका अदालतहरु घटस्थापनादेखि विदा हुने भएको हो । मंगलबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले सो निर्णय लिएको हो ।

त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो । सर्वोच्चको पूर्ण बैठकमा विदा र न्यायाधीश तोक्ने बाहेक प्रधानन्यायाधीशमाथि केन्द्रित भएर आएका समाचारका सम्बन्धमा पनि छलफल हुन सक्ने आकलन गरिएको थियो, तर, त्यस विषयमा भने बैठकमा कुनै पनि छलफल नगरिएको सर्वोच्च स्रोतले जनाएको छ ।