४२ अंकले बढ्यो नेप्से, झण्डै ३ अर्बको कारोबार

तु खबर संवाददाता
२०७८ आश्विन १९,मंगलवार १५:२२

काठमाडौं । आज (मंगलबार) साताको तेस्रो दिन नेप्से परिसूचक ४२ अंकले बढेको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंक कायम भएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ०४ अंकले उकालो लागेको छ । व्यापारबाहेकका सबै समूहहरु बढेर हरियाली देखिएको नेपाल एक्सचेन्ज नेपालले जनाएको छ । आज २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँको शेयर कारोबार भएको छ ।

४१ हजार ५१ वटा कारोबारबाट ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँमा रोकिएको नेप्सेले जनाएको छ । आज नेप्सेमा फाइनान्स उप समुह ४.१६ प्रतिशतले बृद्धि भएको छ भने निर्जिवन बीमा कम्पनी २.३४, लघुवित्त २.७५ प्रतिशतले बृद्धि भएको छ ।