न्यादी हाइड्रोपावरको आईपीओमा साढे २३ लाखको आवेदन

तु खबर संवाददाता
२०७८ आश्विन १९,मंगलवार १७:५५
file-photo

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा साढे २३ लाखभन्दा बढीले आवेदन दिएका दिएका छन् । गत असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा मंगलबार साँझसम्म २३ लाख ५७ हजार १६६ जनाले आवेदन दर्ता गराएका हुन् । आईपीओमा २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो ।

यो माग भन्दा १४ गुणा बढी आवेदन हो । कम्पनीले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपिओमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले पाउनेछन् ।