आजबाट सुरु भयो दशैं, यस्तो देखियो हेटौंडाको भुटनदेवी मन्दिरमा (फोटोफिचर)
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं आज (बिहिबार) बाट सुरु भएको छ । आज दशैंको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ ।
घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ ।
विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी मन्दिरमा आज बिहानैदेखि भिड छ । नवरात्रको आज पहिलो दिन विभिन्न स्थानबाट पुजाआज गर्न बिहानैदेखि भिड देखिएको हो । तर, विगतको वर्षको तुलनामा भन्दा यस वर्ष त्यति भक्तजनहरुको उपस्थिति भएको पाइएन । भिडलाई नियन्त्रण गर्नका लागि बिहानैदेखि प्रहरीको टोली त्यहाँ पुगेका छन् ।
यस्तो देखियो आज बिहानै भुटनदेवी मन्दिरमा ।




