मनहरी फुटबल : लामाबस्ती र युवा जागृती क्लब फाइनलमा प्रवेश

तु खबर संवाददाता
२०७८ आश्विन २०,बुधबार १८:२०

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ मा जारी फुटबल प्रतियोगिताको आज (बुधबार) दुई वटा खेल भएको छ । आज भएको पहिलो खेलमा लामाबस्ती युवा क्लब विजयी भएका छन् । जनजागरण युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै लामाबस्ती क्लब फाइनलमा प्रवेश गरेको छ ।

यस्तै, आजै भएको दोस्रो खेलमा युवा जागृती क्लब विजयी भएको छ । जनसिद्ध युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै युवा जागृती फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलको म्यान अफ द म्याच लामाबस्ती क्लबको जर्सी नं. ७ का रविन्द्र खड्का र दोस्रो खेलको म्यान अफ द म्याच जर्सीको नं. ८ का उत्तम श्रेष्ठ भएका छन् ।

जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरीको हाँडिखोलस्थित सिद्धकालीमा भइरहेको उक्त प्रतियोगिताको आगामी असोज २२ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।