जिसस मकवानपुरको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०७८ आश्विन २०, बुधबार १६:५९

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) कार्यालय मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रम बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले सबै जनतालाई सभ्य र भब्य तरिकाले चाडपर्व मनाउन शुभकामना दिएकी छन् । उनले भड्कीलो, खर्चिलो रुपमा चाडपर्व नमनाएर परिवारसँग बसेर पर्व मनाउन आग्रह गरेकी छन् । उनले कुनै पनि संस्कार भित्र विभेद गर्न नहुने भन्दै संस्कृतिको जर्गेना गर्दै देशको लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बताइन् ।

यस्तै, जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले पहिलाको भन्दा अहिले सांस्कृतिलाई हेर्ने दृष्टिकोण राम्रो तथा साकारात्मक भएको बताएका छन् । केही वर्ष अघि छठ पर्व तराई क्षेत्रमा मात्र मनाइने गरेको तथा दसैँ पर्व पहाड क्षेत्रमा मात्र मनाइने गरेको भएपनि आजभोलि त्यो सांस्कृतिको दुरी समाप्त भएको बताए । उनले हाल कोरोना संक्रमितको दर घटेपनि जोखिम कायमै रहेका कारण स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेका छन् ।

जिसस मकवानपुरको प्रमुख रघुनाथ खुलालको अध्यक्षता तथा निवर्तमान मुख्यमन्त्री पौडेलको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, उद्योगा पर्यटन वन तथा वातावरण मन्त्री शान्तीप्रसाद पौडेल, राज्यमन्त्री सरस्वती बाटी, समाजिक विकास तथा राज्यमन्त्री जुनेली श्रेष्ठ, भूमी व्यवस्था कृर्षी तथा सहकारी राज्यमन्त्री वद्री मैनाली तथा हेटौंडा उपमहानगरपालिकाको प्रमुख हरिबहादुर महत र प्रमुख जिल्ला अधिकारी भरतमण् िपाण्डे, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थिया ।