बडादशैंको अवसरमा हेटौंडा रन, डेबिट मिजार प्रथम

तु खबर संवाददाता
२०७८ आश्विन २१, बिहीबार १५:१२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज (बिहिबार) हेटौंडा रन (दौड) प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

हेटौंडाको बुद्धचोकबाट क्याम्पाडाँडासम्म भएको ६ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ हेटौंडा–१४ को डेबिट मिजार प्रथम भएका छन् । यस्तै, प्रतियोगिताको दोस्रो हेटौंडा–१३ को अम्रित सुनार र तेस्रो सोही स्थानको शशीप्रसाद विश्वकर्मा भएका छन् । उनीहरुलाई प्रमुख अतिथि महतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको प्रथम, द्धितिय र तृतीय भएकाहरुले क्रमशः रु १५ हजार, रु १० हजार र रु ७ हजार पुस्कार राशी प्राप्त गरेका छन् ।

यस्तै, हेटौंडा रन प्रतियोगितामा महिलातर्फ हेटौंडा–१३ की आर्थी भुजेल प्रथम, हेटौंडा–११ की अमृता मोक्तान द्धितिय र हेटौंडा कै रुबि भुलन ढुंगाना तृतीय भएकी थिइन् । प्रतियोगितामा सहभागी सबैले प्रमाणपत्र प्राप्त गरेका थिए । हेटौंडा उपमहानगरकी उप–प्रमुख मिनाकुमारी लामाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समितीका अध्यक्ष चन्द्र शाही तथा हेटौंडा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो ।