समाचार
अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको ज्यान गयो
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको निसास्सिएर ज्यान गएको हो । ज्यान गुमाउनेहरुमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन...
माओवादी महाधिवेशनः मस्यौदा प्रतिवेदमाथि बाँकी समूहको छलफल आज
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने भएका छन् । छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको...
दुर्घटनामा परेर एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुरथिमी नगरपालिका(४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा कारमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२...
मकवानपुरमा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
मकवानपुर । मकवानपुरमा सात दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा गत बिहीबारदेखि सुरु भएको उक्त तालिम बुधबार सम्पन्न भएको हो । युरोपियन युनियन र पत्रकार महासंघको संयुक्त सहकार्यमा भएको तालिममा मकवानपुरका ४६ पत्रकारलाई प्रशिक्षण दिइएको थियो। आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा...
वर्षाले धकेलियो जिल्लास्तरीय भलिबल
मकवानपुर । मकवानपुरगढी गाउँपालिका हुने भनिएको जिल्लास्तरीय रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण एक दिनपछि सरेको छ । आमभञ्जयाङ युवा क्लबको आयोजनामा मकवानपुरगढी–५, धादिङमा हुने प्रतियोगिता बुधवार वर्षाका कारण स्थगित गरिएको क्लब अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । पालिका अध्यक्ष विदुर हुमागाईले प्रतियोगिता उद्घाटन गर्ने भनिए पनि मंगलबार रातिदेखि...
सुदूरपश्चिममा भूकम्पको धक्का
बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार ४.६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ । भारतको...
समग्र कृषि क्षेत्रको प्रभावकारी रुपमा रुपान्तरणको लागि मार्गचित्र तयार
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपंछी मन्त्रालयले कृषि, पशुपंछी तथा मत्स्य क्षेत्रको रुपान्तरणको लागि ५१ बुँदे मार्गचित्र तयार गरेको छ । समग्र कृषि क्षेत्रमा प्रभावकारी रुपमा रुपान्तरणको लागि मार्गचित्र आवश्यक रहेकोले त्यसलाई कार्यान्वयनको चरणमा लैजान लागिएको मन्त्रालयले जनाएको छ । मकन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले कृषि क्षेत्रको विकास...
आज देशैभर सार्वजनिक विदा
मकवानपुर । सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज (बिहिबार) देशैभर सार्वजनिक विदा दिइएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पुस १५ गते अर्था आज सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगहरुमा...
माओवादीमा ११ समूहको छलफल सकियो
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको छलफल सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफल सकिएको हो । उक्त छललफल सकिएपछि बाँकी समूहको छलफल बिहीबारसम्मका लागि स्थगित गरिएको...
कांग्रेस चितवनको सभापतिका लागि ६ जना चुनावी मैदानमा उत्रने
चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रने भएका छन । सभापतिका लागि जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरेले चुनावी मैदानमा उत्रने भएका हुन् । कांग्रेसको क्षेत्र नं...








