आज देशैभर सार्वजनिक विदा

तु खबर संवाददाता
२०७८ पुष १५, बिहीबार ०८:१८

मकवानपुर । सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज (बिहिबार) देशैभर सार्वजनिक विदा दिइएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पुस १५ गते अर्था आज सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।