माओवादीमा ११ समूहको छलफल सकियो

तु खबर संवाददाता
२०७८ पुष १४, बुधबार १७:२७
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको छलफल सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफल सकिएको हो ।

उक्त छललफल सकिएपछि बाँकी समूहको छलफल बिहीबारसम्मका लागि स्थगित गरिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार अब बिहीबार विहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफल हुनेछन् । महाधिवेशन अन्तरगत अध्यक्ष प्रचण्डले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह निर्माण भएको थियो ।