समाचार
दुर्घटनामा परेर पाण्डेको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो । दुर्घटनामा परेर बाणगंगा नगरपालिक–१ पिपराका अनुराग पाण्डेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी...
प्रावि तहको शिक्षकका लागि विज्ञापन खुल्यो
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिएको आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले आजदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा...
आज हेटौंडाका सबै विद्यालय बन्द
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र रहेको विद्यालयहरु आज (बुधबार) बन्द हुने भएको छ । उपमहानगरपालिका अन्तरगतको शिक्षा विकास महाशाखाले सूचना जारी गरी आज उपमहानगरभित्रका निजी तथा सामुदायिक विद्यालय बन्द हुने जानकारी गराएको हो । जारी सूचनामा तापक्रम घटेको र पानी पनि परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई...
सामुहिक जबरजस्तीकरणी गरेको आरोपमा ७ जना पक्राउ
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक युवतीलाई सामूहिक जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुर्खेत घर भएकी ३३ वर्षीया एक युवतीलाई ९ जना युवाहरुले सामुहिक जबरजस्तीकरणी गरेकोमा ७ जनालाई पक्राउ गरेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत पुस १२ मा सुर्खेतबाट...
हिउँ परेपछि यस्तो देखियो सिमभञ्ज्याङ, दामन र अघोर (हेर्नुहोस् फोटो)
मकवानपुर । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङ, दामन र अघोरमा हिउँ परेको छ । गएरातिदेखि सामान्य वर्षासँगै उक्त क्षेत्रमा हिउँ पर्न सुरु भएको हो । बुधबार बिहान उक्त स्थानका डाँडा हिउँले सेताम्मे भएका छन् । डाँडा नै हिउँले सेताम्मे हुँदा मनमोहक देखिएका छन् । उक्त क्षेत्रमा परेका...
मकवानपुरको सिमभञ्ज्याङमा हिउँ पर्नाले यातायात अवरुद्ध
मकवानपुर । मकवानपुरको थाहानगरपालिका अन्तरगत पर्ने सिमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गएरातिदेखि बाक्लो हिउँ पर्नाले आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । उक्त स्थानमा अहिले हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ...
पत्रकार अधिकारी प्रेस युनियनमा
मकवानपुर । पत्रकार गिरिजा अधिकारी नेपाली कांग्रेसको सुभेच्छुक संगठन नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा अधिकारीलाई कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ र युनियन अध्यक्ष बद्री सिग्दलले स्वागत गरेका हुन् । कार्यक्रममा प्रदेश सभापति बानियाँले लामो समय पत्रकारिता गरेका...
सार्क एजुकेशन फाउण्डेशनद्वारा पढ्दै कमाउँदै अभियान सुरु
मकवानपुर । सार्क एजुकेशन फाउण्डेशन तथा नारायणी कलेजले बिबिएसमा अध्ययन गर्ने विद्यार्थीको लागि पढ्दै कमाउँदै अभियान सुरु गरेको छ । मंगलबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजले उक्त अभियानबारे विद्यार्थी तथा अभिभावकलाई जानकारी दिएको हो । समारोहलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले विद्यार्थीको पढाइसंगै उनीहरुको क्षमता...
थप २६४ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार...
जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडौं । रौतहटको गौर–चपुर सडकखण्डको गरूडामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक श्रीराम...









