समाचार
लागूऔषध गाँजासहित हेटौंडाबाट ३ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६९ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्वर– ५ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ कमाने बस्दै आएका ३४ बर्षीय सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नम्वर– १ बस्ने ३३ बर्षीय अमरबहादुर...
चिनियाँ उपमन्त्री झाओ र माओवादी नेता पुनबीच भेटवार्ता
मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेन्जेनमा रहेका स्थायी कमिटी सदस्य पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटका क्रममा उपमन्त्री झाओले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन...
कांग्रेसको मकवानपुर अधिवेशनः को–को छन् आकांक्षी ?
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पुस २७ गते हुने भएको छ । कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले मकवानपुरसहित १६ जिल्लाको अधिवेशनको मिति तोकेको हो । प्रदेश २ का ८ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको निर्वाचन समितिका सचिव...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो । आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय...
मकवानपुरमा ई–पासपोर्टको लागि बुधबार र बिहिबार आवेदन खुला
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी (ई–पासपोट) अनलाइन आवेदन दिनको लागि खुला गरेको छ । बुधबार र बिहिबार यी पासपोर्टको लागि आवेदन दिन सक्ने जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ । जल्ला प्रशासन कार्यालयका अनुसार, बुधबारको लागि २५ जना र बिहिबारको लागि १६ जनाले मात्रै ई–पासपोटका लागि...
कांग्रेस मकवानपुर क्षेत्र नं. १ को संघीय सदस्यमा सापकोटा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं. १ को संघीय सदस्य पदमा मा तरुण युवा नेता योग्यराज सापकोटा मनोनित भएका छन् । संघीय समितिको बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो । कार्यसमिति सदस्यमा मनोनित गर्न प्रणाली अनुरुप संघीय सभापति दामोदर खनालले उनलाई सदस्यमा मनोनित गरेका हुन् । तरुण दल...
आजको मौसमः धेरै स्थानमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । मंगलबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको...
राज्यमन्त्री प्रजाद्वारा हेटौंडाको ज्योति माविको नवनिर्मित भवन उद्घाटन
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले हेटौंडाको एक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन गरेका छन् । मन्त्री प्रजाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ स्थित ज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका हुन् । जाइकाको सहयोगमा निर्मित ९ कोठे भवन सोमबार उद्घाटन गरिएको हो ।...
मिस मकवानपुरको ग्राण्ड फिनाले हेटौंडामा हुने
मकवानपुर । मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनाले यही पुस १५ गते हेटौंडामा हुने भएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिको आयोजनामा हुन लागेको उक्त कार्यक्रम क्लब हेटौंडामा दिउँसो १२ बजेबाट सुरु गरिने जनाइएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक कम्पनीका अध्यक्ष सुजन श्रेष्ठले...
शैक्षिक परामर्श व्यवसायी संघ बागमतीको सचिवमा मकवानपुरका लामिछाने
मकवानपुर । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सचिव पदमा मकवानपुरका कृष्ण लामिछाने सर्वसम्मत चयन भएका छन् । सोमबार चितवनको भरतपुरमा भएको सम्मेलनले केटिएम कन्सल्टिङ् ग्रुप हेटौंडाका संचालकसमेत रहेका लामिछानेलाई सचिवको जिम्मेवारी दिएको हो । उनीसंगै मकवानपुरका ४ जना संघको सदस्य पदमा चयन भएका छन्...










