समाचार
थप २७१ जनामा कोरोना पुष्टि, २२५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २७१ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८८६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण...
देउवाले कसलाई बनाउलान् कांग्रेसको कोषाध्यक्ष ?
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यसहित १३४ जना निर्वाचित भइसकेका छन् । कांग्रेसको विधानमा थप ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान रहेको छ । त्यस्तै सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्षको रुपमा मनोनित गर्ने व्यवस्था विधानमा छ । कांग्रेसका १४ सदस्यीय...
माओवादी महाधिवेशन : १५ पदाधिकारी रहने विधान मस्यौदा प्रस्तुत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । मस्यौदामा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी...
मकवानपुरका ८ जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले कौडा खेलिरहेको अवस्थामा आइतबार ८ जनालाई पक्राउ गरेको छ । जिल्लाको बकैया गाउँपालिका–९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय दावा लामा बम्जनसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुलाई उक्त चौरमा कौडा खेलिरहेको...
पत्रकारको तलब नदिने सञ्चारमाध्यममा महासंघको धर्ना
काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको सेवा सुविधा नदिने सञ्चार प्रतिष्ठानमा कालो ब्यानरसहित धर्ना दिने भएको छ । प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्द्धन विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका,...
महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा
काठमाडौं । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ । सोमबार सहिद सुरावर्दी कभर्डहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । सुरुआतबाटै दबाब बनाएको नेपालले २५–८, २५–१४, २५–१६ ले...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं...
प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश
काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ । सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेको छ चाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ११० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ र तेजाबी सुन...
दूधकोशी आयोजनामा पाइप पड्किँदा २ इन्जिनियरको मृत्यु
काठमाडौँ । सोलुखुम्बुमा सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा पाइप पड्किएर भएको दूर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिएका छन् । मृत्यु...










