समाचार
माओवादी केन्द्रको बन्दसत्र आजबाट सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आज (सोमबार) बाट सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) ले जानकारी दिए । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल...
कालीदेवी दूग्ध उत्पादक सहकारी किसान प्रोत्साहनको कार्यमा सक्रिय
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर– ४ स्थित कालीदेवी दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानलाई व्यवसायिक बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । किसानलाई कृषि तथा पशुपालनको क्षेत्रमा व्यवसायिक बन्न उत्साह जगाउने उदेश्यका साथ सहकारीले किसान प्रोत्साहनको कार्यमा सक्रियता बढाएको हो । साझेदारीमा दाना उद्योग स्थापना गरी किसानहरुलाई सुपथ मूल्यमा...
अवैध लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार बिहान पौने ४ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा चेक पोइन्टबाट लागूऔषध ५०० एम्पुल डाइजापाम, ५०० एम्पुल नुफिन, ५०० एम्पुल फेनरागन र ९०० ट्याब्लेट नाइट्राभेटसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको...
आक्रमणमा परेर म्यानमारमा ३० जनाको मृत्यु
काठमाडौं । म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको मृत्यु भएको छ । मिडिया रिपोर्ट, मानव अधिकारी समूह र स्थानीयका अनुसार ह्याप्रुसो शहरमा सेनाले गरेको हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको हो । यसैबीच, बेलायतको च्यारिटी संस्था सेभ द चिल्ड्रेनले आक्रमणपछि आफ्ना २ जना कर्मचारी हराइरहेको...
आयोगद्वारा निर्वाचन सञ्चालनसम्बन्धी कार्यशाला सम्पन्न
काठमाडौं । निर्वाचन आयोगको आयोजनामा निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । विभिन्न सञ्चारगृहका महिला सञ्चारकर्मीहरुका लागि काभ्रेको धुलीखेलमा तीन दिने कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सम्बोधन गर्दै निर्वाचन चक्रका सबै चरण र प्रक्रियामा सत्य, तथ्य र यथार्थ समाचार...
मकवानपुरमा आइतबार ३ जना कोरोना संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुने तीनै जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा...
थप २१९ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप २१९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको...
लोकतन्त्रलाई बचाउन गठबन्धन सरकार गठन : मन्त्री खतिवडा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले सो कुरा बताएका हुन् । उनले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम...
माओवादीको आठौं राष्ट्रिय महाधिवेशन सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सुरु भएको छ । राजधानीको कमलादीमा सो पार्टीको महाधिवेशन उद्घाटन समारोह सुरु भएको हो । माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भने पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको हो । महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ...
आज ७१ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७१ दशमलव २० अंक अर्थात शुन्य दशमलव ८२ प्रतिशतले बढेर २ हजार ५९१ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५...










